खुल्ला नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल सम्पन्न
धनकुटा । शहिदभुमि गाउँपालिका वडा नं १ गोपालपुरमा जारी खुल्ला नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल भएका छन् ।
सरस्वती युवा क्लबको आयोजनामा कात्तिक २२ गतेदेखि सञ्चालन भईरहेको प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल चाम्चा र अखुवा फुटवल क्लव बिच भएको खेलमा ०-१ ले चाम्चा विजयी भएको छ । त्यस्तै भक्त वोलना र नव युवा क्लब बीच भएको दोस्रो खेलमा ०-२ ले नव युवा क्लब बिजयी भएको छ ।
देउराली र साप्तिङटार बिच भएको तेस्रो खेलमा पेनाल्टी सुट आउटमा ३-४ ले साप्तिङटार बिजयी भएको छ । यस्तै चौथो खेल अनतरगत खाल्साथुम र धारापानि बिच भएको खेलमा पेनाल्टीमा २९४ ले धारापानी बिजिय भएको छ । पाचौं खेलमा धाप र पिलिया बिच भएको खेलमा ०-२ ले पिलिया बिजयि भएको छ ।
यस्तै छैटौं तथा अन्तिम खेलमा आदर्श युवा क्लब र चिम्रा बिच भएको खेलमा ०-२ ले आदर्श विजयी भएको छ । त्यस्तै आज भएको क्वाटर फाईनल खेलमा सागुरिगढी पोक्ला र मुलघाट बीच भएको खेलमा २-४ गोल लगाउदै फाईनलमा प्रवेश गरेको छ । त्यस्तै महिला तर्फको खेलमा साप्तिङटार र तातोपानी विच भएको खेलमा २-३ ले तातो पानी फाईनलमा प्रवेश गरेको क्लबका अध्यक्ष अजय राईले जानकारी दिनुभएको छ ।
खेलका प्रथम पुरस्कार ५० हजार ट्रफी मेडल प्रमाणपत्र र दोस्रो पुरस्कार रु २५ हजार ट्रफी मेडल प्रमाणपत्र रहेको क्लबले जनाएको छ । उत्त खेल सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फ सहयोग रहेको छ । प्रतियोगितामा २३ टिमले सहभागिता जनाएका छन् ।


