युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले गर्यो युवा नेता तथा पत्रकार शान्तिराज राईको भव्य स्वागत

अमेरिका – युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको आयोजनामा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सभापति केशवराम राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार तथा युवा नेता शान्तिराज राईलाई स्वागत समेत गरिएको थियो ।

कार्यक्रममा सभापति राईले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै तिहारको शुभकामना दिएका थिए भने संस्थाका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि मुना राईले पत्रकार राईलाई खादा तथा फुलको गुच्छाले स्वागत गरेकी थिइन् । पत्रकार राईले समाजमा छुट्टै योगदान दिएको भन्दै प्रसंसा समेत गरेकी थिइन् ।

कार्यक्रममा भर्खर बिबाह बन्धनमा बाँधिएका ममता यात्री खालिङ राई र पत्रकार शान्तिराज राईको दाम्पत्य जीवनको सफलताको कामना समेत गरिएको थियो । कार्यक्रममा भर्खर अमेरिका आएका संस्थाका नयाँ सदस्यहरु तेज राई र उदिर राईलाई पनि स्वागत गरिएको थियो । आउने उधौली चाड कार्यक्रमका लागि तयार हुन समेत सबैलाई आग्रह गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल फिप्ना अमेरिकाका सल्लाहकार डन्डु शेर्पाले तिहारको शुभकामना दिदैँ विदेशमा रहे पनि आदिवासी जनजातीहरुको हक अधिकारका लागि पहल तथा आवाज उठाइरहनुपर्ने बताए ।

त्यस्तै संस्थाका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार प्रभाकर राईले संस्था सबैको आवस्यकता रहेकोले संस्थालाई अगाडि बढाउन सबैको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए । अन्तराष्ट्रिय मार्सल आर्टस तथा अन्तराष्ट्रिय रेफ्री तथा न्युर्योक च्याप्टरका सल्लाहकार पर्खि राईले तिहारको अवसरमा भेटघाट गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै भेटघाटका लागि वातावरण तयार गर्न आवस्यक सबै व्यवस्थापन आफुले गर्ने बताए ।

त्यस्तै किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय सभापति राम राईले कारण बस आफ्नाहरू छुट्टा छुट्टै संस्थामा रहेपनि एकै घरको सन्तान रहेको भन्दैं समयले एकदिन एउटै थलोमा जुटाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली समाज अमेरिकाका महासचिव मनु लोहरुङ राईले तिहारको शुभकामना दिँदै सबैलाई धन्यवाद दिदै आफ्नो संस्कार र संस्कृतिको संरक्षण आफैले गर्नुपर्ने अनि पहिचान कायम राख्न लाग्नुपर्ने बताए ।

सोहि कार्यक्रममा तमु सोसाइटीका पूर्वअध्यक्ष तथा फिप्नाका सल्लाहकार मेख गुरुङले नेपालीहरुको महान चाड तिहार रमाइलो गरी मनाउन पाएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए ।

त्यसैगरी सिंगापुर पुलिस फोर्सका अफिसर पथरमान राईले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै तिहारको अवसरमा भेटघाट गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा समाजसेवी अग्नि राई लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन च्याप्टरका सुसान राईले गरेका थिए। कार्यक्रमको संयोजन न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष बाला राई र महासचिव प्रमल राईले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।