शहीद स्मारक ‘ए’ डिभिजन लिग : टिकटको मूल्य निर्धारण

काठमाडौँ, २६ कात्तिक ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । लिगको उद्घाटन खेल आगामी मङ्सिर ३ गते नव प्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ ।

महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिनुभयो । लिग निर्देशक सञ्जीव मिश्रले सामूहिकरुपमा क्लब राजी भए केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताउनुभयो । लिगमा १४ टोलीको सहभागिता रहने छ । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सातदोबाटो क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रि स्टार क्लब, एनआरटी क्लब, फ्रेन्डस क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग विजेता टोलीले रु ७५ लाख र उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्नेछ ।

यो पनि पढ्नुहोस्..पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
काठमाडौँ, २६ कात्तिक । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेकपा (एकीकृत समाजवादी) निकट (अनेरास्ववियु)सहितका विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । संयुक्त विद्यार्थी सङ्गठनले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेतालाई पनि दबाब दिने बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।