आज पहिलो पटक विश्वकप जित्ने दाउमा अष्ट्रेलिया र न्युजिल्याण्ड

काठमाडौं, २८ कात्तिक । पहिलो पटक आइसिसी टी-२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुबै टोली एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने देखिन्छ ।

फाइनल अघि टसले समेत खेलको नतिजामा ठूलो असर गर्ने देखिन्छ । जारी विश्वकपको फाइनलसम्म आइपुग्दा पहिला टस जित्ने टोलीले अधिकांश खेल जित्दै आएको छ । यसअघि सेमिफाइनल खेलमा न्युजिल्याण्ड इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एकदिवसीय क्रिकेटमा भने दुबै टोलीले उपाधि हात पार्दा टी–ट्वान्टीमा भने दुबै टोली उपाधिविहीन छन् । अष्ट्रेलियाविरुद्ध न्युजिल्याण्डका कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ड, मार्टिन गुप्टिल, मिचल सान्टनर, टिम साउथी जस्ता खेलाडीले प्रभाव जनाउन सक्छन् ।

न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाका कप्तान आरोन फिन्च, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, एडम जाम्पा, मार्कस स्टोइनिस जस्ता खेलाडीले महत्वपूर्ण प्रदर्शन गर्न सक्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।