प्रदेश १ को प्रदेशसभा बैठक सुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।
बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
यो पनि..देउवा असफल भइसके, उनकै कारण कांग्रेसमा विचलन आयो : प्रकाशमान सिंह
कांग्रेसका नेता प्रकाशमान सिंहले सभापी शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्र्मीहरूसँग कुराकानी गर्दै उनले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको दाबी गरे ।
कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ। उनले न्यायलयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताए । उनले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको समेत बताए ।अहिले देशमा सरकार रहेकोले सरकारविहिन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आश्नन अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् ।


