एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशले ७५ हजार जना सहभागी गराउने

बुटवल, ३ मंसिर । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रूपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने भएको छ । नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५/१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

दाङबाट आठ हजार, बाँकेबाट पाँचहजार, बर्दिया र पाल्पाबाट तीन/तीनहजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक/एक हजार तथा रुकुम पूर्व र रोल्पाबाट ५०० का दरले सहभागिता गराइने एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले जानकारी दिए ।चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन समारोहमा पाँच लाख मानिसकाे सहभागिता गराउने गरी तयारी भइरहेको महाधिवेशन मूल व्यवस्थापन समितिको सदस्यसमेत रहेक गिरीले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशस्तरमा महाधिवेशनको व्यापक तयारीसमेत थालेको छ । यसका लागि राजमार्गमा डिजिटल विज्ञापन बोर्ड, वडास्तर र पालिकास्तरमा स्वागत गेट निर्माण गरिनेछ । प्रचारका लागि भित्ते लेखन र कुनै पोष्टर भने नटाँसिने गिरीले बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

एमालेको लुम्बिनी प्रदेश प्रचारप्रसार समितिले महाधिवेशन केन्द्रित बुलेटिन प्रकाशनको तयारीसमेत थालेको छ । यही ६-७ मंसिरमा बुलेटिन प्रकाशन हुने र त्यसमा पुष्पलालको जीवनी, जनताको बहुदलीय जनवादको नीतिलाई मुलुकका सबै पार्टीले अंगालेको विषय तथा मुलुकका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र कम्युनिष्ट सरकार जस्ता विषयहरू समेटिने एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।