कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान
इलाम, ४ मंसिर/नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् ।चाैहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् । चौहानले दुई सय २९ मत ल्याउँदा बास्ताेलाले एक सय ६० मतमै चित्त बुझाए ।
उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन् । उपसभापतिका प्रतिस्पर्धी कमलमणि खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मतमै चित्त बुझाएका छन् ।
सचिवमा श्रीबहादुर विष्ट र दिपेश खत्री विजयी भएका छन् । विष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । सचिवकै उम्मेदवार गजेन सुब्बा, विनोद न्यौपानेले र मोहन पराजुली पराजित भएका छन् ।सहसचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।
यू–१९ छनोटः २४ खेलाडी बन्द प्रशिक्षणमा
बैतडी, ४ मङ्सिर (रासस) ःवाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २४ जनाको नामावली निकालेर प्रादेशिक क्रिकेट सङ्घलाई बुझाएको हो । छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकोमा कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि हात पारेको थियो ।
बन्द प्रक्षिक्षणका लागि बोलाइएका खेलाडीमा राहुल चन्द, अनुराग सिंह, मिलन बोहरा, आकाश चन्द, हेमन्त धामी, आशिष भट्ट, अर्जुन सिंह साउँद, राहुल भण्डारी, कैलाश ऐर, अनिल थापा र सञ्जय बोहरा रहेका छन् । यस्तै खडकबहादुर बोहरा, भूपेन्द्र चन्द, नरेन भट्ट, शेर मल्ल, नारायण जोशी, नरेन साउँद, अर्जुन साउँद, वसन्त कार्की, सङ्गीत बुढाथोकी, दीपक टमटा, वीरेन्द्र बम, वीरेन्द्र नाथ र गजेन्द्र बोहरालाई पनि बन्द प्रशिक्षण बोलाइएको छ ।
बन्द प्रशिक्षण शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भएको प्रदेश प्रशिक्षक खेमराज भट्टले बताउनुभयो । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ७ गतेदेखि काठमाडौँमा उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।


