ओखलढुंगामा कांग्रेस महाधिवेशन: क्षेत्रीय समिति र प्रदेश प्रतिनिधिका लागि मतदान जारी

ओखलढुंगा, ५ कात्तिक/नेपाली कांग्रेसकाे महाधिवेशन अन्तर्गत आइतबार क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधि छनाैटका लागि मतदान सुरू भएकाे छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेकाे ओखलढुंगामा जारी मतदानबाट क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

एक हजार चार सय ४३ मतदाता रहेकाे निर्वाचनमा दुई समूहकाे फरक फरक प्यानल चुनावी मैदानमा छन् । अहिले सदरमुकाम ओखलढुंगामा दुवै क्षेत्रकाे मतदान भइरहेकाे निर्वाचन क्षेत्र ‘क’ का मतदान अधिकृत खिला श्रेष्ठले बताए । संस्थापन र काेइराला समूहबाट गरि दुई प्यानल चुनावी मैदानमा छन् । संस्थापन पक्षमा जिल्ला सभापति प्रदिप सुनुवार पूर्वसा‌ंसद रामहरि खतिवडालगायत छन् भने पाैडेल-काेइराला समूहमा बालकृष्ण दाहालकाे टिम छन् ।

स‌ंस्थापन समुहबाट ‘क” क्षेत्रमा सन्ताेष थापा तथा पाैडेल-काेइराला समूहबाट हाेमबहादुर कार्की सभापतिका उम्मेदवार छन् । दुवैकाे तीव्र प्रतिस्पर्धा देखिएकाे छ ।

क्षेत्र ‘ख’ मा संस्थापनबाट आस्रचन राई र कुलबहादुर श्रेष्ठ क्षेत्रीय सभापतिका उम्मेदवार छन् । दुवैबीच कडा प्रतिस्पर्धा छ । हरेक क्षेत्रबा६ भापतिसहित सात पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा १७ जना (समावेशीसमेत) निर्वाचित हुने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।