माओवादी केन्द्रले तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व छान्याे

तेह्रथुम, ११ मंसिर/माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले जिल्लाको ४३ वटै वडामा नेतृत्व सम्पन्न गरेको केन्द्रका जिल्ला समन्वय समितिका सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।

आसन्न केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको केन्द्रले गाउँगाउँमा नेता कार्यकर्ताहरूसँग भेटघाट र संगठन विस्तारलाई तीव्रता दिन थालेको छ । वडा सम्मेलन सम्पन्नसँगै पालिका सम्मेलनमा तयारी गरेको माओवादी केन्द्र तेह्रथुमका छथर अध्यक्ष अनिल आंखेवाले बताए ।

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङ, ११ मंसिर/मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ । एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्न थालिएको जानकारी दिए । ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको याे फार्ममा अघिल्लो वर्ष चार सय मेट्रिक टन स्याउ फलेको थियो ।

यस वर्ष पाँच सय मेट्रिक टन अर्थात् १० प्रतिशत स्याउ उत्पादन हुने अनुमान गरिएको छ । मनाङका संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङका अनुसार मनाङबाट नेपालमा स्याउ खेतीमा एउटा क्रान्तिको सुरु भएको छ । अहिले मनाङबाट काठमाडाै, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।

‘हिजो धेरै स्याउ फल्ने थिएन । त्याे पनि मनाङमै खपत हुन्थ्यो । केही ठाउँमा म दिरा बनाइन्थ्यो । अहिले सडक बनेपछि काठमाडौंका तारे होटलसहित तराईमा मनाङको स्याउ पुगेको छ,’ उनले भने ।

मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन र काठमाडाैंसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २९४० मिटर उचाइको भ्राताङमा इटाली र सर्भियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।