माओवादी पालिका अधिवेसनः सिन्धुपाल्चोकमा १२ मध्ये १० वटामा नयाँ नेतृत्व, बाँकी १५ गते भित्र सकिने

सिन्धुपाल्चोक,मंसिर १२/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं) सिन्धुपाल्चोकले १० वटा स्थानीय तहमा सम्मेलन सम्पन्न गरेको छ । जिल्लामा १२ वटा स्थानिय तह मध्ये रहेको माओवादी केन्द्रले शनिवार एकै दिन ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको होे ।चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रवती गाउँपालिकामा ६५ सदस्यीय चयन भएका छन् तर पधादिकारी भने टुङगो लागेको छैन् ।

मेलम्ची नगरपालिकामा गोपाल नेपालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ । सम्मेलनबाट उपाध्यक्षमा सिपी दुलाल ,कूष्णजङ तामाङ र शिबराम दंगाल सचिबमा दिनेश गिरी सहसचिबमा गिता ढकाल कोष्ध्यक्षमा सुर्दशन सापकोटा चयन भएका हुन् । बाह्रबिसे नगरपालिका अधिवेशनले ङिमा शेर्पाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको छ । उपाध्यक्षमा नगेन्द्र पौडेल, पातली थामी, सचिबमा बिमल राउत ,सहसचिबमा विकेस लामा ,कोषाध्यक्षमा सचिन पाख्रिन चयन भएका छन् ।

बलेफि गाउँपालिकामा गंगाबहादुर तामाङ अध्यक्ष, शंकर कार्की ,लेख बहादुर सुवेदी ,दुर्गा नेपाल उपाध्यक्ष ,नारायण पराजुली सचिब र बीरमान तामाङ सहसचिब, राजन पौडेल कोषाध्यक्षमा चयन भएका छन् ।हेलम्बु गाउँपालिकामा पेमा ह्यल्मोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

पाँचपोखरी थाङपाल गाँउपालिकामा दोर्जे तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएका छन् । सुनकोशी गाँउपालिकामा अमर लामाको अध्यक्षता तथा लिसंखुपाखर गाँउपालिकामा राजु लामाको अध्यक्षतामा नयाँ चयन भएको जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए । जुगल गाँउपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भईसकेको छ। जसमा अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । सम्मेलनबाट उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु, बहादुर गोले, सचिब तुलना घिमिरे सहसचिव जगबहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

तर भोटेकोशी र त्रिपुरासुन्दरी गाँउपालिकामा भने अधिवेशन हुन अझै सकेको छैन्। संयोजक पराजुलीका अनुसार त्रिपुरासुन्दरी गाँउपालिकामा १२ गते र भोटेकोशी गाँउपालिकामा भने १५ गते हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖