बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक

सौराहा, १२ मंसिर/एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो । तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् । यही क्रममा महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।

कांग्रेस कास्कीको सभापतिमा बराल विजयी

पोखरा, १२ मंसिर/नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन् । उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए । दोश्रो चरणको मतदानमा शनिबार १ हजार ९ सय २६ मत खसेको थियो ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले ५० प्रतिशत मत कटाउन सकेनन् । त्यसैले धेरै मत ल्याएका आधारमा २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन् ।पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए । ‘रिङ आउट’ भएका अन्य ३ जनाले भट्टराईलाई जिताउन विज्ञप्ती जारी गरेपनि त्यो अभियान सफल हुन सकेन । आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम पहिलो चरणबाटै बाहिरिएका थिए ।

बराल केन्द्रमा शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा पहिलो जीत हो । निर्वाचित भएपछि बरालले गुटको पछि नलागी कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता जनाए ।‘मलाई विश्वास गरेर विजयी गराउनुभएको छ । म विश्वास टुट्न दिन्नँ,’ उनले भने, ‘कांग्रेस निर्माणको अभियानमा सुदीप जी र म सँगै हुन्छौं । हामी एउटै डुंगामा छौं ।’ बराल पोखराको भद्रकाली क्याम्पसको संस्थापक क्याम्पस प्रमुख थिए भने शिक्षक संघको नेतृत्व गरेर पनि काम गरिसकेका छन् ।

पार्टीभित्र बौद्धिक नेताको छवी बनाएका बराल कांग्रेसको नवौं र दशौं अधिवेसनमा कास्की क्षेत्र नम्बर २ को सभापतिमा पराजीत भएका थिए । विशेष गरी नेताहरुलाई उद्यमशिल बनाउनुपर्ने र एग्रो टुरिजमलाई अभियानको रुपमा उनले चलाएका छन् ।

पराजीत भएका भट्टराईले पनि यो विधान कार्यान्वयन मात्रै भएकोले आफु कांग्रेसको अभियानमा निरन्तर रहेको बताए । ‘यो परिणामले कांग्रेसलाई नयाँ अध्यायको रुपमा परिणत गरेको छ । खस्केको जनमत र साखलाई उचाईमा पु¥याउन नयाँ नेतृत्व सफल होस्,’ उनले भने, ‘हामी लोकतन्त्रवादी हौं । विधानले व्यवस्था गरेको बैधानिक बाटोबाट नेतृत्व चयन ग¥यौं । तथापी कांग्रेसको उचाई प्राप्त गर्न नयाँ टिमलाई शुभकामना ब्यक्त गर्दछु ।’ पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।