आठराई गाउँपालिकामा माओवादी केन्द्रकाे नेतृत्व सर्वसहमत

तेह्रथुम, १२ मंसिर ।नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्राे पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत चयन गरेको छ । सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै उपाध्यक्ष जयकुमार कन्दङवा, रमिला फुयाँल र रत्नमणि ओली चयन भएका छन् । सचिव रुद्र फोम्बो ,सहसचिव सागर थिङलाबु र कोषाध्यक्ष अन्जना पौठाक चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समिती तेह्रथुमका संयोजक इन्द्र इम्सङले जानकारी दिए । जिल्लाको ४३ वटै वडामा सर्वसहमत नेतृत्व चयन गरेको माओवादी केन्द्र तेह्रथुमले शनिबार देखि पालिका सम्मेलन सुरु गरेको जनाएको छ ।

इलाममा १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन

इलाम, १२ मंसिर ।आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर इलामको नौ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । पालिकास्तरमै नामदर्ता कर्मचारी खटाएर १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेकाे हाे ।

हरेक पालिकामा १० दिन फोटो खिच्ने र नाम दर्ता हुने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए । इलाममा दुई चरणमा नामावली संकलन गरिँदैछ । पहिलो चरणमा पाँच वटा र दोस्रो चरणमा चार पालिकामा मतदाता नामावली संकलन हुनेछ । पहिलो चरणमा माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकामा नामावली संकलन हुनेछ । पालिकाको केन्द्रमा हुने नामावली १७ मंसिरबाट सुरु भएर २६ मंसिरमा सम्पन्न हुनेछ ।

यस्तै, दोस्रो चरणमा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माई नगरपालिका र चुलाचुली गाउँपालिकामा मतदाता नामावली संकलन हुने छ । दोस्रो चरणमा मतदाता नामावली संकलन हुने पालिकाहरूमा २९ मंसिरबाट सुरु भएर ९ पुससम्म चल्नेछ । जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकामा भने विषेश कार्यक्रमअन्तर्गत मतदाता नामावली संकलन नहुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएकाले इलाममा विषेश कार्यक्रम नहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् ।

स्थानीय तहको भन्दा फरक ठाउँको ठेगना भएकाहरू भने नामावली संकलन गराउनको लागि बसाई सराईको कागज पेश गर्नुपर्ने छ । अन्यत्र भएर विवाह गरेर आएकाहरूले भने विवाह दर्ताको प्रमाण पेश गर्नुपर्ने छ । स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलनको लागि यसअघि फोटोसहितको मतदाता नामावली संकलनमा खटिएका अनुभवी कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावली संकलनको लागि जिल्ला स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको छ भने पालिकास्तरमा पनि सरोकारवालसँग अन्तरक्रिया गरिने छ । मतदाता नामावली संकलनका लागि कर्मचारीलाई तालिम दिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका भित्रै इलाममा पनि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।