कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत पुर्याउन सकेनन्, फेरि मतदान हुने
विराटनगर, १३ मंसिर/नेपाली कांग्रेस माेरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुन: मतदान हुने भएको छ ।सभापति पदका लागि खसेकाे कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५४४ र सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त पाएका थिए ।
कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,’ उनले भने, ‘नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।’
लमजुङ : ६ पालिकामा माओवादी केन्द्रकाे नयाँ नेतृत्व
लमजुङ,१३ मंसिर/लमजुङका ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ । मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा दूधपोखरी, दोर्दी र मर्स्याङदी गाउँपालिकामा नयाँ नेतृत्व चयन भएकाे छ भने बेंसीसहर नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको पालिका अधिवेशन बाँकी छ ।मध्येनेपाल नगर अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, उपाध्यक्षमा सोमराज अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती र कोषाध्यक्षमा सपना घिमिरे चयन भएका छन् ।
सुन्दरबजार नगर अध्यक्षतामा मुरारिकुमार भुजेल, उपाध्यक्षमा सृजना अधिकारी, महेन्द्रबहादुर अधिकारी, सूर्यबहादुर बुढापृति, सचिवमा ध्रुब विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा र कोषाध्यक्षमा अप्सरा विक छानिएका छन् ।राईनास नगर समितिको अध्यक्षमा पुष्पराज खनाल, उपाध्यक्षमा सूर्यबहादुर नेपाली, उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा हेमराज न्यौपाने, सचिवमा मनबहादुर गुरुङ, कोषाध्यक्षमा खिलाराज शर्मा र सहसचिवमा प्रेमबहादुर श्रेष्ठ चयन भएका छन् ।
दूधपोखरी गाउँपालिका अध्यक्षमा क्षेत्रबहादुर गुरुङ चयन भएका छन् । जसकाे उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने र कोषाध्यक्षमा निलकुमारी परियार रहेका छन् ।दोर्दी गाउँपालिका अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चिन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक चयन भएका छन् ।
मर्स्याङदी गाउँपालिका समिति २१ सदस्य चयन गरेकाे छ । पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनारले बताए ।


