गुल्मीमा दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन

गुल्मी, २७ मंसिर/कोभिड-१९ को कारण अक्सिजन अभावको कारण बिरामीको ज्यान थालेपछि गत वैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’ संचालन गर्‍यो । केही समयपछि सरकारबाट समेत बजेट बिनियोजन भयो । पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीबाट प्लाण्ट निर्माण गरिएको हो ।

अभियानबाट संकलित ६० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो भने नेपाल सरकारबाट एक करोड विनियोजन भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । फेयर ट्रेड काठमाडाैंले एक करोड ३१ लाखको लागतमा प्लाण्ट निर्माण गरेको छ ।

प्लाण्ट व्यावस्थापनको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग वाणिज्य संघले निर्माण गरेको छ । अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले बताए । अब गुल्मी अस्पतालसंगै जिल्लाका स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरुले पनि सहज रुपमा अक्सिजन पाउने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖