प्रदेश १ मा आज ११ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर, ५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३, उर्लाबारी र बेलबारीमा १–१, झापाको अर्जुनधारा, कनकाई र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृ त्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८६ रहको छ ।

गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा
काठमाडौं, ५ पुस/गोल्डेनगेट र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।महालक्ष्मीस्थानस्थित आयोजकको कोर्टमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल ‘बी’ लाई २१–१२ ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले ९ अंक योगदान गरे । प्रयुश श्रेष्ठको ७ अंक सहयोगमा अक्सब्रिज ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १७-१५ ले हरायो ।

एक्सेल ग्लोबल सर्भिसेसको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको सोही विधामा सेन्ट जेभियर्स र जेभियर इन्टरनेसनल ‘ए’ पनि सेमिफाइनलमा पुगे । सेन्ट जेभियर्सले कसमसमाथि २०-१७ को जित दर्ता गर्‍यो । सेन्ट जेभियर्सका दिप्सन केसीले १२ स्कोर गरे । जेभियर इन्टरनेसनल ‘ए’ ले लुम्बिनीलाई १८–१३ ले पाखा लगायो । विजेताका निकेश मगरले ८ अंक जोडे ।

सेमिफाइनलमा सेन्ट जेभियर्सको भेट जेभियर इन्टरनेसनल ‘ए’ संग हुनेछ भने गोल्डेनगेटले अक्सब्रिज ‘ए’ विरुद्ध खेल्नेछ ।प्लस टुतर्फ यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल अक्सब्रिज र टाइम्स तथा नवोदित र रुकिजबीच हुनेछ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।