प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर, ६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छु : एनपी साउद
काठमाडौं, ६ पुस/नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताएका छन् ।

१४औं महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन्यवाद दिँदै सशक्त र बलियो कांग्रेस निर्माणका लागि साथसाथै अघि बढ्ने उल्लेख गरेका छन् ।

‘१४औं महाधिवेशनका क्रममा म प्रति अपार माया देखाउनु भएकोमा कृतज्ञ छु । यहाँहरुको माया, सद्भाव र विश्वासको सदैब सम्मान गर्ने प्रण दोहोर्याउन चाहन्छु,’ साउदले भनेका छन्, ‘सशक्त र बलियो कांग्रेस निर्माणका लागि तपाई हामी सदैब साथै रहने छौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖