सिवियर निमोनियाका बिरामीको जिल्ला अस्पतालमै सफल उपचार

संखुवासभा, १७ पुस /जिल्ला अस्पताल संखुवासभामा सिवियर निमोनिया (गम्भीर) बिरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ । भोजपुर तुङ्गेछाकी सिवियर निमोनिया भएकी अर्पना जोगीलाई जिल्ला अस्पतालको भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको बालरोग विशेषज्ञ दिपेन्द्र राईले बताए ।

अर्पनाको विद्यालयबाट घर फर्कदै गर्दा कोखा हान्न थाल्यो । आत्तिएका अभिभावकले स्थानीय स्वास्थ चौकीमा कार्यरत स्वाथ्यकर्मीको सल्लाहअनुसार खाँदबारी अस्पताल लिएर आए । परीक्षणका क्रममा उनमा सिवियर निमोनियाको लक्षण देखियो । बाल रोग विशेषज्ञ राईका अनुसार उनलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाई पछि शनिजार घर फर्काइएको हो ।

कार्तिक तेस्रो साता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई खेल्दाखैल्दै श्वास फेर्न गाह्रो हुन थाल्यो । अभिभावकले उनलाई पनि खाँदबारी हस्पिटल ल्याएका थिए । जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी अर्पनालाई चेकजाँच गर्दा सिवियर निमोनिया भएको बाल विशेषज्ञ राईले बताए । त्यसपछि राईले उनलाई तत्काल भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थाले ।

यस्ता छन् सिवियर निमोनियाका लक्षण
विशेषज्ञ राईका अनुसार सिवियर निमोनिया भएपछि बच्चाहरूलाई श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तै, कोखा हान्ने गर्यो भने पनि सिवियर निमोनिया भएको हुन सक्छ । बच्चाहरू सुस्त हुन, अक्सिजनको कमी हुने हुँदा बच्चाको शरीर निलो देखिन थाल्छ । सिवियर निमोनिया लागेको थाहा हुनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनु पर्ने राईको भनाइ छ । अस्पताल ढिला आएमा सिवियर निमोनियाको कारण हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा विरामीको मृ त्यु समेत हुन सक्ने विशेषज्ञ राईले बताए ।

सरस्वती र अर्पनाका अभिभावकले उनीहरूलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भन्ने चिन्ता थियो । तर, खाँदबारी अस्पतालले पछिल्लो समय सुरू गरेको सघन उपचार कक्ष र विशेषकक्ष सेवाले यही उपचार सम्भव तुल्यायो । उनीहरूको अस्पतालले निःशुल्क उपचार समेत गरिदिएको छ । खाँदबारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार सामाजिक इकाई सेवाबाट आर्थिक अवस्था कमजोर भएकाहरूको लागि सहयोग गर्ने भएको हुनाले उनीहरूलाई अस्पतालले छुट दिएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖