प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

विराटनगर, २२ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एमाले अधिवेशन : हुम्लामा प्रतिनिधि छनोट सम्पन्न
हुम्ला, २२ पुस /नेकपा एमालेको जिल्ला अधिवेशनका लागि हुम्लामा प्रतिनिधि छनोट सम्पन्न भएको छ । एमालेको जिल्ला अधिवेशन शुक्रबार हुँदै छ । यसका लागि हुम्लाले अधिवेशन छनोट सम्पन्न गरेको हो । ४४ वटा वडा रहेको हुम्लामा लिमीबाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

अदानुलीबाट २२, चंखेलीबाट १४, ताजकोटबाट २१, सर्केगाड गाउँपालिकाबाट ३०, खार्पुनाथबाट १३, सिमकोटबाट १८ र नाम्खाबाट ६ जना शुक्रबार हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । पार्टीकाको संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनोट भएको र १३ जना जिल्ला कार्य समितिले मनोनीत गरेको पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

एमाले जिल्ला कमिटी बैठकले ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि ३० जना बराबर एक जना प्रतिनिधि छनोट हुने मापदण्ड निर्धारण गरेको थियो ।

अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् । प्रतिशत उल्लेख नभए पनि युवा र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनोट भएको एमालेले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।