फेसबुकको मित्रता ! जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरी ब’ला’त्कृ’त

रुद्र सुवेदी / नेपालगञ्ज, २३ जेठ । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक ब ला त्का र गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर म दिरा से वन गराई सामूहिक ब ला त्का र गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर पुर्‍याउन मद्दत गर्ने दुई जना मतियार गरी सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रहरीका अनुसार बाँके बैजनाथका १७ वर्षिय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै २१ जेठ अपरान्ह ४ बजे भेट्न बोलाएपछि गएकी १६ वर्षीया किशोरीलाई हेमराज लगायत पाँच जनाले सामूहिक ब ला त्का र गरेको बाँके प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब ४ बजे किशोरीलाई मोटरसाइकलको बीचमा राखेर घर पुर्‍याउन लैजाँदै गर्दा प्रहरीले मोटरसाइकल रोकेपछि घटना बाहिरएको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइनिज इँट्टाभट्टा नजिक शं कास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।

प्रहरीले मोटरसाईकल रोक्दा किशोरी लठ्ठिएको अवस्थामा भेटेको र केरकार गर्दा घटना बाहिरएको थियोे । प्रहरीले मोटरसाइकल चालक बाँके बैजनाथ ८ झिगौराका २० वर्षीय विश्वनाथ थारुले चलाएको मोटरसाइकलकाे बीचमा किशोरी राखेको र पछाडि १७ वर्षको किशोर बसेर जाँदै गर्दा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा लिएर जाने दुबै घटनाका मतियार हुन् ।

हेमराजले बोलाएर किशोरीलाई सुरुमा बाँके–बर्दियाको सीमानाको मानखोलाको जंगल लगेर घरेलु म दिरा सवन गराई ४/५ जनाले सामूहिक ब ला त्का र गरेपछि अन्दाजी साँझ ६ बजेदेखि १२ बजेरातिसम्म बे होस भएको र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर २४ वर्षीय बिक्रान्त थारु लगायत दुई जनाले ब ला त्का र गरेको प्रहरीले प्रारम्भिक अनुसंन्धानमा खुल्न आएको जनाएको छ । प्रहरीले घटनामा संलग्न पी डक तथा पीडितको आवश्यक मेडिकल गराई अनुसन्धान सुरु गरेको जनाएको छ ।

बाँके प्रहरीले सो घटनामा संलग्न रहेकाे आराेपमा २५ वर्षका निराजन थारु, २४ वर्षका विक्रान्त थारु, २३ वर्षका राजकुमार थारु, २० वर्षका विश्वनाथ थारू, १७ वर्षको हेमराज थारु, १६ वर्षिय प्रवीण थारू र १७ वर्षको निर्देश थारु लाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।