झापामा साउन पहिलो साताभित्र रोपाइँ सकिने

झापा, १५ असार । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा १८ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमै वर्सात सुरु भए पनि किसानले मल नपाएका कारण हालसम्ममा १८ प्रतिशत मात्र रोपाइँ भएको बताउनुभयो ।

झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । त्यसमा ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिँचाइ आयोजना छन् । धान दिवसका अवसरमा केन्द्रले आज कमल गाउँपालिका–७ स्थित लखनपुर साना किसान सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ कार्यक्रम गरिरहेको छ ।

“मल नपाए पनि किसानले अब धमाधम रोपाइँ गरिरहनुभएको छ, सायद साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिन्छ होला”, विष्टले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।