दुई सातादेखि हाकिम घर बिदामा बस्दा सेवाग्राही मर्कामा

खड्क सुनार/मुगु,२४ असार । मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक साताभन्दा बढीदेखि ठप्प छ । इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताभन्दा बढी समयदेखि सेवा ठप्प भएको हो ।

इलाका प्रशासनका शाखा अधिकृत खड्गबहादुर बस्नेत १२ असार असारदेखि बिदामा बस्दा सेवाप्रवाह ठप्प भएको हो । उनी बिदामा बसेपछि सुब्बाको भरमा कार्यालय सञ्चालनमा छ ।

छायाँनाथ रारा नगरपालिका, खत्याड, मुगुम कार्मारोङ्ग गाउँपालिका र सोरु गाउँपालिकालाई कार्यक्षेत्र तोकेर तोकेर सोरु गाउँपालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय स्थापन गरिएको हो ।

कार्यालय प्रमुख बस्नेत १२ असारदेखि बिदामा बसेपछि सेवाप्रवाह प्रभावित भएको सुब्बा महेशप्रसाद पालले जानकारी दिए । पाललाई कुनै पनि अधिकार नदिँँदा सेवाप्रवाह प्रभावित भएको हो ।

‘मलाई कुनै पनि अधिकार र निर्देशन दिएको छैन । सेवाग्राही रित्तो हात घर फर्कन बाध्य छन्,’ सुब्बा पालले भने ।

कार्यालयमा हाल एकजना सुब्बा, एक कम्प्युटर अर्पेरटर र दुई कार्यालय सहयोगी मात्र छन् । शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफारिस र अन्य सिफारिसका काम १२ असारदेखि रोकिएको छ ।

कार्यालयमा नागरिकता, प्रतिलिपि, नाबालिग परिचय पत्र बनाउनका लागि मात्र दैनिक १० भन्दा बढी सेवाग्राही आउँछन्।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार शाखा अधिकृत बस्नेत छोरा बिरामी भएर घर बिदामा बसेकाले सेवाप्रवाहमा प्रभावित भएको हो । कानुनअनुसार अर्कोलाई अधिकार दिन नमिल्ने र नागरिकता जारी गर्न पनि नमिल्ने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।