झापाका केरा किसानलाई युथ एग्री अवार्ड

झापा, २४ भदौ । झापा गाउँपालिकाका केरा किसान चन्द्रप्रसाद बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति हुनुभएको छ ।

उहाँ नगद रु एक लाखसहित प्रदेश नं १ कै उत्कृष्ट कृषकका रूपमा साना किसान लघुवित्त वित्तीय संस्था र नेपालस्थित इजरायली राजदूताबासबाट संयुक्तरूपमा सम्मानित हुनुभएको हो । इजरालबाट फर्केर व्यावसायिक कृषि उद्यमी बनेका उहाँसगै बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट किसान सम्मानित हुनुभएको छ ।

इजरायलबाट फर्किएपछि बस्नेतले विसं २०७६ मा एग्री सेन्टर झापा नामको कम्पनी दर्ता गरेर केरा खेतीको सुरुआत गर्नुभएको थियो । उहाँले हाल २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी नाइन र रातो केराको खेती गर्दै आएको बताउनुभयो ।

“पुरस्कार पाइन्छ भनेर काम गरेको थिइनँ”, उहाँले भन्नुभयो, “आफू पनि स्थानीय क्षेत्रमै व्यवसायी बन्ने र अरुलाई पनि रोजगार दिने उद्देश्यले केराखेती गरेको आज पुरस्कृत भएँ, खुसीको सीमा छैन ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।