बुद्धचित्त महासंघ गठन

काठमाडौं । बहुचर्चित बुद्धचित्ता माला व्यवसायीहरुले पनि आफ्नो हक हितका लागि संगठन निर्माण गरेका छन् । काठमाडौंमा बसेको एक भेलाले उनिहरुले बुद्धचित्त महासंघ गठन गरेको हो ।

दुर्गालाल तामाङ (प्रभात) को अध्यक्षतामा १९ जना कार्यसमितिमा रहने गरी महासंघ गठन गरेको हो । जसमा महासचिव टिकालाल तामाङ छन् भने उपाध्यक्षमा बिल बहादुर तामाङ, सचिवमा डेनो थिङ, कोषाध्यक्षमा इश्वरी कुमारी लामा चयन गरेका छन् ।

सदस्यहरुमा अमर लामा, विजय लामा सोवित सिं स्याङतान, शुसिल वाइबा, टिना योञ्जन लामा, रोज बहादुर तामाङ, जीतपुर तामाङ, कुमार तामाङ, शिवराज तामाङ, हेमा श्रेष्ठ, नारायण तामाङ, देव सिं लामा, मेकध्वज मोक्तान रहेका छन् ।

बुद्धिचित्त एक जिजिपस जातीमा पर्ने नयाँ प्रजातिका बुद्धेन्सिस हो । यसलाई स्थानीय भाषामा बुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ । यो माला विशेषगरी बुद्ध धर्मालम्बि, तामाङ समुदाय र विशेषगरी तिब्बती र चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप माला हो ।

नेपालको काभ्रे, सिन्धुपाल्चोक, रामेछाप,सिन्धुली लगायत सिमित जिल्लामा मात्रै राम्रो खेती हुने यो माला चिन, ताइवान, कोरिया, सिंगापुर आदि देशमा निर्यात हुने गर्छन् । यस मालाको गुणस्तर अनुसार निक्कै राम्रो आम्दानी हुने भएकोले स्थानीय सरकारले आ-आफ्नो कार्यविधि नै बनाएर बिक्रीवितरण गर्ने गरेका छन् ।

बहुमुल्य माला भएको कारण यसअघि विभिन्न लुटपाट तथा हिंसक घट्न घटेकाले माला टिप्ने समयभएपछि तेमाल र रोशी लगायतका ठाउहरुमा स्थानीय सरकार र व्यवसायीहरुले सुरक्षाका लागि प्रहरी नै परिचालन गर्नुपर्ने परिस्थिति सिर्जना हुने गरेको पाइन्छ ।

महासंघमा काभ्रे,रामेछाप,मकवानपुर, काठमाडौं र धादिङ जिल्लाका व्यवसायीहरु आबद्ध भएको महासचिव टिकालाल तामाङले उज्यालो नेटवर्कलाई जानकारी गराए । साथै उनले पछिल्लो चरण बुद्धचित्त माला व्यवसायीमा सहज ढंगले व्यापार गर्न समेत नसक्ने परिस्थिति सिर्जना हुदै गएकाले व्यवसायीहरु एकताबद्ध हुनुपरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।