धनकुटाको हिलेमा अर्थोडक्स चिया ट्रेडमार्क कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
धनकुटा । अर्थोडक्स चिया ट्रेडमार्क कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज हिलेमा सम्पन्न भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड केन्द्रिय कार्यलय काठमाडौको आयोजनामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले वास्ता नगरेको कारण चिया उत्पादक कृषक तथा उद्योगि चिया उत्पादक फ्याट्रि सञ्चालक कृषकलाई समस्या भइरहेको बताउनु भयो ।
चिया कृषको समस्या समाधानका लागि तिनै तहका सरकार राम्रो नीति तयार गरि अघि बढ्न आवाश्यक रहेको भन्दै बनेका नीति नियम कार्यन्वयन गर्न लाग्नु पर्ने उहाँले बताउनु भयो ।
यस्तै राष्ट्रिय व्यवसायिक अनुसन्धान केन्द्र पाख्रीबासका प्रमुख डा हिमाल तिम्सिनाले चियाँको गुणस्तर र अर्गानिक प्रमाणीकरण नहुँदा अन्तराष्ट्रिय बजारमा चिया निर्यातका लागि भइरहेको समस्या अब ट्रेडमार्क पाए पछि बजारीकरणको समस्या समाधान हुदै जाने बताउनु भयो ।
अहिले सम्म किसान तथा चियाँ उत्पादक कृषकले आफ्नो भेराटी ,क्लोन दिन नस्क्दापनि बजारमा चियाको मुल्य पाउन गाह्रो भइरहेको भन्दै उहाँले भेराटी क्लोन दिन तर्फ लाग्न आवाश्यक रहेको बताउनुभयो । फास्ट ट्रयाकबाट चियाको भेराटी रजिष्ट्रर गर्ने कार्यमा २ वर्ष देखि काम भइरहेको उहाले जानकारी दिनुभयो ।
अर्थौडक्स चियाको ट्रेडमार्क ब्राण्ड पाएपछि यस वर्ष ११ महिनामा ४ अर्व डलर भित्राउन सफल भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड केन्द्रिय कार्यलयका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्राईले कार्यक्रममा जानकारी दिनु भएको थियो । अहिले सम्म २९ वटा चियाँ उत्पादक सहकारी तथा फ्याक्ट्रीले ट्रेडमार्क लिइसकेको बताउनु भयो ।
कार्यक्रममा पाख्रिबास नगरपालिकाको मेयर ज्ञान बहादुर गुरुङ, धनकुटा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमेश घिमिरे , जिल्ला चिया उत्पादक सहकारी संघका अध्यक्ष ईन्द्र सारु मगरले मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रिय प्रमुख इन्द्रप्रसाद अधिकारीले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यक्रमका बारेमा जनाकारी गराउदै अर्थोडक्स चियाँको आचर संहिता र ट्रेडमार्क प्रयोगक लागि चाहिने कागजात लगायत विषयमा सहजीकरण गर्नु भएको थियो । सोहि अवसरमा इलाम तथा भोजपूर लगायत जिल्लाका चियाँ फ्याक्ट्रि सञ्चालकलाई ट्रेडमार्क सर्टिफिकसन प्रदान गरिएको थियो ।
कार्यक्रममा धनकुटा,पाचथर ,तेह्रथुम,भोजपूर,संखुवासभा, इलाम लगायत जिल्लाका चियाँ उत्पादन सहकारी फ्याक्ट्री सञ्चालक कृषक र सञ्चारकर्मीको उपस्थिति थियो । नेपालमा उत्रपादन हुने अर्थोडक्स चियालाई नेपाल टी क्वालीटी फ्रम दी हिमालय ब्राण्ड दिइएको छ । नेपाली चियाले ट्रेडमार्क पाएपनि चिया उद्योगि व्यवसायीलाई यसको प्रयोगको विषयमा बुझाउन नसक्दा कार्यन्वयनमा समस्या भइरहेकोबारेमा समेत कार्यक्रममा कुरा भएको थियो ।


