धनकुटामा मोटरसाइकल दुर्घटना,सहिदभूमिका राईको मृत्यु
धनकुटा । धनकुटा नगरपालिका- ९ त्रिवेणी-मुलघाट भित्री सडक खण्डमा को. ६ प २१४९ नम्बरको मोटरसाईकल दुर्घटना भएको छ ।
उक्त मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडि सवार शहिदभुमी- १ का ६५ बर्षीय नर बहादुर राई घाइते भएका थिए ।
राईलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


