३० वर्षपछि सरोज खनालले भेटे ‘सान्नानी’, तर चिनेनन्

काठमाडौँ । अभिनेता तथा निर्देशक खनालले ३० वर्ष पछाडि सान्नानी भेटेका छन् । आफूले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोसनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’को नायिकालाई हिजो भेटेका हुन् ।

सो फिल्ममा खनाल हिरोको भूमिका हुँदा ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भूमिकामा थिइन । तर, सो फिल्म पछि ‘सान्नानी’ कतै पनि देखा परिनन्, खनालका अनुसार उनी लगभग गुमनाम जस्तै भएकी थिइन् । तर, शनिबार उनै नायिका पोखरेलले ‘मलाई चिन्नुभयो ?’ भन्दै आए पछि आफू एकछिन अक्क न बक्क परेको समेत खनालले सुनाएका छन् ।

अनि उनले सामाजिक सञ्जालमा लेखे, ‘२०५० साल तिर हराएकी सान्नानी आज बगानमा भेट्टिन’ खनालले सो भेट पछि लेखेका छन्, ‘उनले अभिनय गरेका २ चलचित्र ‘सोल्टिनी’ र ‘सान्नानी’ जुन त्यति बेला दर्शकले अत्यधिक मन पराउनु भएको सुपरहिट चलचित्र थियो, सान्नानीमा म उनको नायक थिए, यी दुवै चलचित्र चल्नुको कारण उनको अभिनय थियो, सबै निर्माता र निर्देशक उनलाई आफ्नो फिल्ममा लिन लालायित थिए, तर सान्नानी खेलेपछि उनी एकाएक चलचित्र क्षेत्रबाट हराइन, उनको धेरै खोजी भयो तर न उनलाई कसैले भेटे न उनी फर्केर आइन् ।’

उनले नायिका पोखरेललाई भेट पछि भावुक हुँदै अगाडी लेखेका छन्, ‘शनिवार सिभिल मलमा बगान हेर्न आउनु भएका दर्शकलाई भेट्न जाँदा फोटो खिच्न आउनु हुने दर्शकको भिडबाट ‘मलाई चिन्नु हुन्छ ?’ भन्दै उनी म तिर आइन्, मैले झट्ट उनलाई चिन्न सकिन किनकि ३० वर्षमा उनीमा धेरै परिवर्तन आइसकेको थियो , तर जब उनी हाँसिन मैले उनलाई चिने, ३० वर्षपछि पनि सान्नानीको हाँसो उस्तै थियो, सान्नानी र सोल्टिनी अर्थात नायिका मेघा पोखरेल ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।