आदित्यसँगको रोमान्समा अनन्या, लिस्बनमा बिदा मनाएर फर्किए मुम्बई

काठमाडौं । प्रेमजोडी अनन्या पाण्डे र आदित्य रोय कपुरको रोमान्सले यतिबेला बलिउड गर्माएको छ । पोर्चुगलको लिस्बनमा दुई साता लामो बिदा मनाएर यो जोडी मुम्बई फर्किएको छ ।

बिदाका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुवैले एकअर्कालाई डेट गरिरहेको चर्चा पनि छ । यो चर्चाबीच शनिबार साँझ दुवै मुम्बईमा पनि एकसाथ देखिए । यति मात्र होइन, दुवै जना कारमा सँगै बसेका थिए । क्यामेराको नजरमा परेपछि अनन्याले आफ्नो अनुहार लुकाउने प्रयास गरिन् ।

शनिबार साँझका यी तस्वीर मुम्बईको बान्द्रा क्षेत्रको हो । आदित्यले कार चलाइरहेका थिए भने अनन्या अघिल्लो सिटमा बसेकी थिइन् । दुवै जना गाडीमा बसेर हाँसिरहेका देखिन्थे । तर पापाराजीलाई देख्नेबित्तिकै अनन्या स्तब्ध भइन् र अनुहार लुकाउन थालिन् । यद्यपि यी सबैबीचमा आदित्य अचम्ममा परेनन्, न त उनले त्यस्तो कुनै काम गरे । बरु उनी हाँस्न थाले ।

यसअघि शनिबार अनन्याले इन्स्टाग्राममा लिस्बन छुट्टीका केही तस्वीरलाई सेयर गरेकी थिइन् । यी तस्वीरमा उनी बिकिनीमा देखिएकी छिन् । अनन्या र आदित्य अझै पनि आफ्नो छुट्टीको बारेमा मौन छन् । तस्वीर सेयर गर्दै अनन्याले क्याप्सनमा लेखेकी छिन्, ‘ब्लु बेबी ।’

अनन्याले सेयर गरेका तस्वीरमा समुन्द्रदेखि आकाशका तारासम्म सबै कुरा छ । त्यहाँ एउटा ऐना देखिने सेल्फी पनि छ, जसको पछाडि समुद्रको नीलो पानी अनन्तसम्म देखिन्छ । रमाइलो कुरा के छ भने अनन्याले यी तस्वीर सेयर गर्नेबित्तिकै सामाजिक सञ्जालमा फ्यानले आदित्यको बारेमा सोध्न थालेका छन् । एक फ्यानले लेखेका छन्, ‘फोटो क्रेडिट आदित्यलाई दिनुपर्थ्यो ।’ अर्काले लेखेका छन्, ‘नाइट म्यानेजर कहाँ छ ?’

अनन्या र आदित्य यो बिदाको यात्राबाट चर्चामा छन् । छुट्टी मनाउने क्रममा दुवैको तस्वीर लिक भएपछि हंगामा मच्चिएको थियो । लिस्बनबाट बाहिरिएका तस्वीरमा कतै आदित्य र अनन्या रोमान्टिक कुरा गर्दै छन् भने कतै दुवै स्कुटरको मज्जा लिइरहेका छन् ।

आदित्य र अनन्याको अफेयरको चर्चा पहिलो पटक गत वर्ष कृति सेननको दिवाली पार्टीमा सँगै देखिएपछि सुरु भएको थियो । तर दुवैले सम्बन्धलाई लिएर मौनता साँधेका छन् । लिस्बनबाट फर्किंदा पनि उनीहरु विमानस्थलबाट छुट्टाछुट्टै निस्किए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।