‘जारी सोचे जस्तो बनाउन सकिनँ’:उपेन्द्र सुब्बा

लेखक उपेन्द्र सुब्बाको डेब्यू निर्देशनमा बनेको फिल्म ‘जारी’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । यो फिल्मले बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गरेको छ । फिल्मले शनिबार मात्र प्रदर्शनको सय दिन पुरा गरेको छ । पहिलो फिल्मबाट नै एउटा ऐतिहासिक रेकर्ड राख्न सफल निर्देशक सुब्बा अझै सन्तुष्ट भने छैनन् ।

शनिबार मेरो फिल्मसँग कुराकानी गर्ने क्रममा उपेन्द्रले भने–‘मलाई त सय दिन मात्र होइन, सय बर्षसम्म चलिरहने फिल्म बनाउन मन छ । यसले त सय दिन मात्र मनायो ।’

दर्शकले सर्वाधिक रुचाएको फिल्मबाट निर्देशक सुब्बा अझै पनि सन्तुष्ट छैनन् । उनले भने–‘जारीले सय दिन त मनायो । तर, मैले जुन सोचका साथ जारी बनाउँछु भन्ने ठानेको थिएँ, त्यो अनुसार अझै बनाउन सकिनँ ।’

उपेन्द्रका अनुसार उनले तत्काल ‘जारी २’ नै बनाउने सोच बनाएका छैनन् । उनका अनुसार, नयाँ कथा र नयाँ नाममा फिल्म बनाउने उनको तयारी छ ।

उपेन्द्रले आफूले हलमा ‘जारी’ एकपटक पनि नहेरेको सुनाए । भने–‘मैले यो फिल्म हलमा एक पटक पनि हेरेको छैन । एकपटक मिक्सिङमा हेरेको थिएँ, त्यसपछि हेर्न मन लागेन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖