सम्बन्धविच्छेद तर छोराको अभिभावकत्व दुवैले निभाउँदै

काठमाडौं । पूर्व मिस नेपाल तथा संचारकर्मी माल्भिका सुब्बाले आफ्नो सम्बन्धविच्छेद भइसकेको खुलासा गरेकी छिन् । उनका अनुसार उनको सम्बन्धविच्छेद २ वर्षअघि नै भइसकेको छ ।

अभिनेत्री प्रियंका कार्कीको पडकास्ट शो द फोर्थ ट्राइमेस्टरमा कुरा गर्दै माल्भिकाले आफूले श्रीमान रियाज श्रेष्ठसँग २ वर्षअघि नै सम्बन्धविच्छेद गरिसकेको खुलासा गरेकी हुन् ।

माल्भिकाका अनुसार उनका छोरा २ वर्षको हुँदा उनले घर छाडेकी थिइन् । घर छाड्ने अवस्था आउँदा उनको श्रीमान रियाजसँग सम्बन्ध राम्रो थिएन । आफूलाई निकै गाह्रो भएपछि घर छाडेको उनले बताएकी छिन् ।

घर छाड्नुभन्दा अगाडि आफूहरुको सम्बन्ध निकै बिग्रिएको र दुई जनाबीच लगातार झगडा भइराख्ने उनले बताएकी छिन् । घर छाडेको ४ वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गरेको उनले बताइन् ।

माल्भिकाका अनुसार सम्बन्धविच्छेद भए पनि उनीहरु दुवैले छोराको अभिभावकत्व साझा रुपमा निभाएरहेका छन् । यसका लागि दुवै सहमत भएको बताउँदै उनले अब उनको जीवनमा कोही आएमा वा रियाजको जीवनमा कोही आएमा उसले यो साझा अभिभावकत्वको समझदारी स्वीकार गर्नुपर्ने आफूहरुबीच सहमति भएको बताइन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖