मोरङमा थपियो नयाँ जुट उद्योग, ३० करोड लगानी, ७०० भन्दा बढीले रोजगारी पाउने

विराटनगर। मोरङमा ३० करोड रुपैयाँ लगानीमा श्री पशुपतिनाथ जुट मिल्स खुलेको छ। व्यवसायी अमित जैन र मलिका रिजालले उद्योग स्थापना गरेका हुन्।

उद्योग स्थापनाका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा उनीहरुले ५० करोड कम लागतमा नयाँ जुट उद्योग कटहरी गाउँपालिकामा स्थापना गरेका हुन्। ७ वर्षदेखि बन्द अवस्थामा रहेको सीएम जुट मिल्सका संरचना भाडामा लिएकाले लागत कम परेको जैनले बताए। नयाँ मेसिन खरिद् गर्नुपरेको भए ५० करोड खर्च हुन्थ्यो’, उनी भन्छन्।

उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ। आगामी अगस्ट १ देखि व्यावसायिक उत्पादन गर्ने उद्योगले जनाएको छ। पूर्वमा जुट उद्योगको संख्या ६ पुगेको छ।

श्री पशुपतिनाथ जुट मिल्सका लगानीकर्ता चार्टर्ड एकाउन्टेन्ड जैन २५ वर्षदेखि गोल्छा अर्गनाइजेसनको जुट उद्योग अरिहन्त मल्टिफाइबर्समा कार्यरत थिए। मोरङमा उनको दाल उद्योगसमेत छ।

यस्तै रिजालसँग दुई दशक जुट उद्योग सञ्चालन गरेको अनुभव छ। उनको लगानी रहेको मोरङको बुढीगंगास्थित नेपाल जुट उद्योग भने हाल बन्द छ। उनीसँग प्लास्टिकको त्रिपाल अर्थात् ओभन स्याक्स उद्योग सञ्चालन गरेको अनुभवसमेत छ।

नयाँ जुट मिल्ससँग एक दिनमा ३० टन सामग्री उत्पादन गर्ने क्षमता छ। व्यावसायिकरुपमा सञ्चालनमा आएपछि ७ सय जनाभन्दा बढीले रोजगारी पाउनेछन्।

मिल्सले कच्चा जुटबाट हैसियन, बोरा र सुतली उत्पादन गर्ने छ। ती उत्पादनको ९५ प्रतिशत बजार भारत हो। भारतमा उद्योगबाट उत्पादित खाद्यान्न, दलहन, तोरी लगायत खाद्यसामग्रीको प्याकेजिङ अनिवार्यरुपमा जुटकै बोरा वा झोलामा गर्नुपर्ने व्यवस्था छ।-बिजमाण्डु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।