आज यी नदीमा बढ्ने छ जलसतह,सतर्क रहन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ६ वटा नदीको जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।
महाशाखाले नियमित बुलेटिनमार्फत् कोशी जलाधार क्षेत्रअन्तर्गतको तामाकोशी नदीको जल सतह बढ्ने पूर्वानुमान गरेको छ।

यस्तै, नारायणी जलाधार क्षेत्रअन्तर्गत बूढीगण्डकी नदीको पनि जल सतह बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
सोही जलाधार क्षेत्रभित्र पर्ने मर्स्याङ्दी नदीको पनि जल सतह बढ्ने प्रक्षेपण गरिएको छ।

कमला, बागमती, पूर्वी राप्ती नदीको पनि जल सतह बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।

यसैगरी, झापा, इलाम, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, बागलुङ, पर्वत, पाल्पा, नवलपरासी, रूपन्देही, कपिलवस्तु आसपास भई बग्ने नदीमा पनि जलसतह बढ्ने भएकाले महाशाखाले सतर्क रहन सचेत गराएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।