काठमाडौमा सवारी दुर्घटना, तामाङसहित दुई जनाको मृत्यु

काठमाडौ । काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीनजना भने बाँच्न सफल भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।