झापामा लागुऔषध ब्राउनसुगर सहित श्रीमान-श्रीमति संगै ४ जना पक्राउ

झापा, साउन १५ । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ ।

लागुऔषधको बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भएसंगै आईतबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ को एक घरबाट कमल गाउँपालिका-४ का ३५ बर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका-५ मा बस्ने २७ बर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ बर्षीया मिना राईलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर र ३ थान मोवायल सहित पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका-४ का २० बर्षीय महममताज अलि २ ग्राम लागुऔषध ब्राउनसुगर सहित आईतवार साँझ पक्राउ परेका छन् ।

भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका अलिलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएसंगै प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।