फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदै

काठमाण्डौ – फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार वटा खेल हुँदैछन् ।

आज समूह डी का अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे हुनेछन् ।

यस्तै दिउँसो पौने चार बजे हुने खेलमा समूह एफका पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्दैछन्।

हिजो भएको खेलबाट इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगेका छन् ।

इंग्ल्याण्डले चीनलाई, डेनमार्कले हैटीलाई र नेदरल्याण्ड्सले भियतनामलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।

अमेरिकाले पोर्चुगलसँग बराबरी खेल्दै अन्तिम १६ मा पुगेको हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् ।

आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ वटा देश नकआउट चरणमा पुग्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।