आफ्नै होटलमा खाजा खान आएका प्रहरीलाई किन मारे आमा छोराले? हेर्नुस घटनाको पुरा नालीबेली यस्तो रहेछ
बागलुङ । गत साउन ८ गते बागलुङस्थित प्रहरी चौकी भीमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन भइरहेको खबर प्रहरी चौकीमा आयो। उक्त सूचनाका आधारमा चौकी इन्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ लागे।
तर खोलामा अवैध उत्खनन भइरहेको भन्ने सूचना भने गलत रहेछ। यद्यपि गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो। सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै थियो।
गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता वितरण हुँदै थियो। ठूलो परिमाणमा नगद लिएर गाउँ पुगेका बैंक र गाउँपालिकाका कर्मचारीलाई सुरक्षा दिने जिम्मेवारी पनि भीमगिठे प्रहरी चौकीकै थियो।


