काठमाडौँमा रातको समयमा चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाठौँ महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार यही साउन ६ गते राति बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स राडो तथा ओमेगा घडी, सुनका र हिराका विभिन्न गरगहना तथा नगदलगायत अन्दाजी मूल्य रु ८५ लाख २६ हजार नौ सय बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त चोरी भएको धनमाल पासा भन्ने विकास पोडेको साथमा रहेको भन्ने खुल्न आएकाले निजलाई ठमेलबाट पक्राउ गरिएको हो ।

यसैगरी पोडेलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको हुँदा निज पासा भन्ने पोडेलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी परीक्षक केसीले बताए ।

साथै निज सुमन भन्ने विष्णु श्रेष्ठलाई यसअघि काठमडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको अभिलेखबाट देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुनजस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बालासहित आज एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक इस्हाब रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार आज फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनलाई

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैधरूपमा लुकाइछिपाई भन्सार छली लैजान लागेको अवस्थामा उक्त धातुको एक थान बालासहित त्यहाँ खटिएका प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका इस्हाबलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।