धनकुटामा बन्दको आंशिक प्रभाव
धनकुटा,२२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी, संघिय लिम्बुवान पार्टी नेपाल लगायतले आज गरेको कोशी प्रदेश बन्दको प्रभाव धनकुटामा समेत आंशिक रुपले परेको छ ।
बन्दको प्रभाव धनकुटामा यातायत क्षेत्रमा परेको छ छोटो दुरीमा साना सवारी संचालन भए पनि लामोदुरीका यातयात बन्द छन् भने बजार, पसल लगायत क्षेत्रमा बन्दको प्रभाव शून्य देखिएको छ ।
वि.सं. १८३१ साल साउन २२ गतेकै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै परिषदले कालो दिनको रूपमा मनाउँदै आएको छ।
२०६६ सालदेखि आजको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो।


