सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर पिपलडाँडामा सम्पन्न
धनकुटा,२२ साउन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले संचालन गरिरहेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा आज गाउँपालिकाको वडा ५ को पिपलडाँडामा सम्पन्न गरिएको छ ।
कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गर्ने कार्यक्रम अन्र्तगत आज वडा न ५ को पिपलडाँडामा शिविर संचालन गरिएको एम आई एस अपरेटर प्रकास दाहालले जानकारी दिनु भयो ।
छथर जोरपाटी गाउँपालिकाले स्थानिय स्तरमै सेवा दिने उदेश्यका साथ पालिका भित्रका सबै वडाहरुमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गरि रहेको छ ।


