भोजपुर, ताप्लेजुङ,इलाम सहित एक दर्जन बढी विमानस्थलमा दिउँसो १२ बजेपछि उडान नहुने

काठमाडौं, साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ ।

आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा साउन १४ देखि असोज दोस्रो सातासम्म दिउँसो १२ बजेपछिका उडानमा कडाइ गरेको हो । आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उडानमा कडाइ गरिएको उनले बताए।

“मौसमका कारण हवाई दुर्घटना हुने र अधिकांश दुर्घटना हिमाल तथा पहाडी क्षेत्रमा हुने भएकाले असोज दोस्रो सातासम्मलाई उडान सञ्चालन गर्ने समय (अपरेसन टाइम) बाहेकको समयमा उडानमा कडाइ गरिएको छ,” उनले भने, “प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिका अनुसार अहिले पहाड तथा हिमाली क्षेत्रका विमानस्थलमा उडान सञ्चालनको समय बिहान ६ देखि दिउँसो १२ बजेसम्म तोकिएको छ ।” उनले उडान समयमा कडिकडाई गरिएपछि एक दर्जनभन्दा बढी विमानस्थलमा दिउँसो १२ बजेपछि उडान गर्न नपाउने व्यवस्था गरिएको बताए ।

प्रवक्ता निरौलाले दिउँसो १२ बजेपछि व्यावसायिक उडान नहुने विमानस्थलमा चार्टर उडानमा समेत रोक लगाएको जानकारी दिए । प्राधिकरणले पहाड, तराईमा रहेका रात्रिकालीन उडान सुविधा रहेका विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय फरक रहेको उल्लेख गर्दै उनले पहाड तथा तराईमा बिहान ६ देखि १२, रात्रिकालीन उडान सुविधा भएका विमानस्थलमा बिहान ६ देखि राति १२ बजेसम्म र अन्तर्राष्ट्रियतर्फ २४ घण्टा उडान समय तोकिएको जानकारी दिए । उनले तोकिएको समयपछि उडान गर्नुपर्ने भए मौसम हेरेर विमानस्थल टावर, विमानचालकसँगको सहकार्यमा मात्र उडान गर्न पाइने व्यवस्था रहेको बताए ।

प्राधिकरणले उडानमा कडिकडाउ गरेपछि सञ्चालनमा रहेका लुक्ला, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, ताप्लेजुङ, डोल्पा, थामखर्क, बाजुरा, साँफेबगर, इलाम, गुल्मी, सल्ले, रारा, खानीडाँडा विमानस्थलमा सेप्टेम्बरसम्म दिउँसो १२ बजेपछि उडान हुने छैनन् । गत आर्थिक वर्षसम्म नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरेर ५३ वटा विमानस्थल छन् । तीमध्ये ३३ वटा विमानस्थल मात्रै सञ्चालनमा छन् भने २० वटा विमानस्थल बन्द छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।