गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ उपाधि जित्न सफल भए लाक्पा छिरीङ शेर्पा

काठमाडौं : गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को तेस्रो खेल सम्पन्न भएको छ । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको स्नुकर टुर्नामेन्टको खेल मंगलबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा लाक्पा छिरीङ शेर्पाले प्रथम स्थान हासिल गर्नुभएको थियो भने वाङदी शेर्पा र शक्ति राइ द्वितीय र तृतीय हुनुभएको थियो। बिजेताहरुले क्रमश: २५, १५ र १० हजार सहित शिल्ड र मेडल समेत प्राप्त गर्नुभएको थियो।

काठमाडौंको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा ‘स्नुकर टुर्नामेन्ट टुर्नामेन्ट–२०२३’ आयोजना गरिएको थियो । टुर्नामेन्टमा ३४ जना स्नुकर खेलाडीहरुको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिनुभयो । आयोजक शेर्पाका अनुसार स्नुकर खेलमा नयाँ अनुभव र खेलाडीहरु बीच एकअर्कामा परिचयात्मक गर्ने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताउनु भयो । इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको कारणले प्रतियोगिताको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो।

स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थियो । शेर्पाले यो दोस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत बताउनु भएको छ । यस गुटशट स्नुकर केहि वर्ष अधिदेखि व्यवसायिक रुपमा सञ्चालन हुदै आएको छ । स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालनमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।