यश कुमारको ‘सुस्तरी’गीतले एकै पटकमा मन छोएको ओलीको टिप्पणी

काठ्माडौं । हिजोमात्र सार्वजनिक भएको गायक तथा नायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुलेर तारिफ गरेका छन् ।

गीतले सुस्तरी-सुस्तरी नभई एकै पटकमा मन छोएको ओलीको भनाइ छ । उनले आफूलाई गीत एकदमै मन परेको बताउँदै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडिओ शेयर समेत गरेका छन् । भिडिओ सँगसँगै उनले सानो पोष्ट पनि लेखेका छन् । पोष्टमा उनले एकपटक सबैलाई गीत हेर्न पनि सुझाएका छन् ।

उनले लेखेका छन, ‘कलाकार यश कुमारको ‘सुस्तरी’ले सुस्तरी होइन, एकै पटक मन छोयो । नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरी बीचको रोचक प्रेमकथा । हिजो बेलुका युट्युबमा हेरेर लिंक शेयर गरेको छु, हेर्नुस् है । शुभ बिहानी ।’

यश कुमार अफिसियल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको गीतको भिडिओमा नगर प्रहरी र सडक व्यापारी(मकैवाली)को मर्मस्पर्शी प्रेमकथा देखाइएको छ ।

भिडिओले एउटा सिंगो चलचित्र हेरेजस्तो भान दिन्छ । भिडिओमा यश कुमार आफैँले नगर प्रहरीको भूमिका निभाएका छन् भने अनु थापाले मकैवालीको भूमिकामा छिन् । रोचक तवरबाट सुरु भएको कथाको इन्डिङ मर्मस्पर्शी छ ।

भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको शब्द रचना यश स्वयंमको हो । भिडिओको कन्सेप्ट पनि यश आफैको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।