होटलमा शंकास्पद अवस्थामा २५ वर्षिय भट्टराई मृत भेटिए

काठमाडौ । सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षिय सिद्धान्त भट्टराईको शव भेटिएको हो।

विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपी (अभ्यास पुस्तिका) को मार्केटिङ गर्दै आएका भट्टराईले बास बस्न रुम बुक गराएको सहदेव होटलमा सँगै रहेका सोही ठाउँका गाडी चालक २७ वर्षिय सागर राईलाई छोडेर निस्केका भए पनि उनको शव नजिकै रहेको शम्भु होटलमा भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेकोले तत्काल केही भन्न नसकिने बताए। उनले भने, ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, अहिले नै यहि भएको हो भन्न सकिने अवस्था छैन।’

छातिमा निलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाइ छ। प्रहरीका अनुसार सहदेव होटलमै खाजा खाना खाएका भट्टराई शम्भु होटलमा गएका थिए। त्यहाँ भट्टराईले एउटा बियर लिएको बताए। उनले बियर खाएकै ठाउँमा सर्ट खोलेर कुर्सीमा झुड्याएको अवस्थामा भेटिएको प्रहरीको भनाई छ। भट्टराईको शव भने कोठाभन्दा बाहिर भेटिएको प्रहरीले जनाएको छ।

होटलका सञ्चालक शम्भु साहले भट्टराई राति ११ बजेको आसपासमा आफ्नो होटलमा आएको बताए। उनले बियर मागेर पिएको र केहीबेरमा शौचालय कता छ भन्दै सोधेको बताए। उनले भने, ‘मैले शौचालय देखाइदिएँ, शौचालयबाट फर्कने क्रममा भित्र नआई माथि छतमा गएको होला, छतबाट लडेको हुनक्छ।’

साहले भने, ‘हामी काममा भएकोले तत्काल थाहा पाएनौं, राति १ बजे मैले नै देखें र तत्काल प्रहरीलाई खबर गरेको हुँ, प्रहरी पनि तत्काल आइपुगे ।’

शव अहिले घटनास्थलमै रहेको छ। मृतकका आफन्त आइरहेकोले शव उनीहरुकै उपस्थितिमा उठाउने गरी राखिएको प्रहरीको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।