धनकुटामा महिलाहरुको क्षमता विकासका लागि प्रशिक्षण
धनकुटा । महिलाहरुको क्षमता विकास गर्ने लक्षका साथ नेपाल महिला संघ धनकुटा नगर कार्य समितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल महिला संघको स्थापना दिवसको अवसरमा उसले नेपाली कांग्रेसको आन्तरीक विशेष अभियान अन्र्तगत बुधवार प्रशिक्ष कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको उद्घाटन् नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोईराला,जिल्ला सभापती दिनेश राई,संविधान सभा सदस्य तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्दै अव पार्टीको नेतृत्व तहमा महिलाहरुको अर्थपूर्ण र निर्णायक उपस्थिति हुनु पर्नेमा जोड दिए भने केन्द्रिय सदस्य तारामान गुरुङले महिलाको सक्रियताबाटै पार्टी वलियो हुने वताउनु भयो ।
संघ धनकुटा नगर कार्य समिति अध्यक्ष राधा बजगाईको अध्यक्षतमा सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टीका नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका निर्वतमान सदस्य तथा सुनसरी जिल्ला सचिव विरेन्द्र शाहले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल महिला संघ धनकुटा नगर कार्य समितिका सचिव हिरा राईले गर्नु भएको थियो ।


