मल्टिस्टार ‘वरिष्ठ बलराम’ मा दयाहाङको इन्ट्री

काठमाडौंँ । रोहित अधिकारी निर्माता रहेको मल्टिस्टार फिल्म ‘बरिष्ठ बलराम’ मा दयाहाङ राई पनि जोडिएका छन् । निर्माता रोहित अधिकारीले फिल्मको मुख्य भूमिकाको लागि दयाहाङ भित्रिएको जानकारी दिए । ‘फिल्मका लागि अर्काे एक स्टारसँग कुराकानी भैरहेको छ’ रोहितले भने ।

अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’ को सफलताले दयाहाङलाई अहिले सबैभन्दा ब्यस्त अभिनेता बनेका छन् । उनी एकपछि अर्काे फिल्ममा भित्रिने क्रम बढ्दो छ । हालै फिल्म ‘घर ज्वाई’ र ‘रङ्गेली ग्याङस्टर’ मा पनि उनी भित्रिएका थिए ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘वरिष्ठ बलराम’ मा खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय बराल, बुद्धि तामाङ लगायतको समेत अभिनय रहनेछ । दिव्या अभिनेता दीलिप रायमाझीको छोरी हुन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । अहिले अमेरिकामा रहेकी दिब्या फिल्मका लागि चाँडै नेपाल आउँदैछिन् । उनले १० लाख लिएर फिल्म गर्न लागेकी हुन् ।

फिल्ममा निर्माताको रुपमा रोहितको अलवा ओम अग्रवाल रहेका छन् भने सह निर्मातामा मनोज ओली र रामु न्यौपाने रहेका छन् । आगामी मंसिर १ गतेबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म सुसन प्रजापतिले छायांकन गर्नेछन् । यस अगाडि दुईवटा फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ को निर्माण गरिसकेका निर्माता रोहित यसैवर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘फर्की फर्की’ पनि निर्माणको तयारीमा छन् । आगामी दशैंपछि फिल्मको छायांकन हुने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖