धनकुटा इजलास सहित ४ जिल्लामा आर्थिक बर्ष ०७९/८० मा ७१.१४ प्रतिशत मुद्धा फर्छ्यौट

धनकुटा,२५ साउन । उच्च अदालत विराटनगर धनकुटा इजलास सहित धनकुटा जिल्ला अदालत, तेह्रथुम जिल्ला अदालत, भोजपुर जिल्ला अदालत र संखुवासभा जिल्ला अदालतले गएको आर्थिक बर्ष ०७९-८० मा ७१.१४ प्रतिशत मुद्धा फछयौंट गरेको जनाएको छ ।

उच्च अदालत विराटनगर धनकुटा इजलासले धनकुटामा आज गरेको संचारकर्मि संगको अन्तरकृया कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्टार राजकुमार दाहालले उक्त जानकारी दिनु भएको हो ।

जस अन्तर्गत उच्च अदालत विराटनगर धनकुटा इजलासमा परेका ४ सय ३१ मध्ये २ सय ९९ वटा अर्थात ६९.३७ प्रतिशत मुद्धा फछयौंट भएको जानकारी दिनु भयो । धनकुटा जिल्ला अदालतले कुल मुद्धाको ६८.८५ प्रतिशत, तेह्रथुम जिल्ला अदालतले ७२.५६ प्रतिशत, भोजपुर जिल्ला अदालतले ६३.१० प्रतिशत र संखुवासभा जिल्ला अदालतले ७९.६१ प्रतिशत मुद्धा फछयौँट गर्न सफल भएको र समग्रमा ७१.१४ प्रतिशत मुद्धा फछयौँट भएको रजिष्टार दाहालले जानकारी दिनु भयो ।

उच्च र यी जिल्ला अदालतमा २ हजार २ सय ७७ मुद्धा रहेकोमा १ हजार ६ सय २० मुद्धा फछयौँट भएका ५ सय ४४ एक बर्ष भित्रका मुद्धा रहेका एक बर्ष नाघेका मुद्धाको संख्या १ सय १३ रहेको समेत दाहालले जानकारी गराउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖