दुई दर्जन फ्लप फिल्म, त्यही पनि निर्माता उनकै पछाडि

पबन भट्टराई । कुनै समय थियो, कलाकारहरु चल्नलाई फिल्मका फिल्म हुँदा पनि चल्न गाह्रो थियो । फिल्म ‘लुट’ अघिसम्म फिल्म संकटकालिन अवस्थामा गुज्रिरहँदा ‘लुट’ले फिल्म क्षेत्रको नक्षत्र नै बदलीदियो । थिएटरको सिकाई र कलेजको पढाईको मिश्रणमा बनेको यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै नयाँ आशा जगाएको थियो ।

अभिनेता दयाहाङ राई यही फिल्मको ‘गोफ्ले’ चरित्रले फिल्म क्षेत्रमा परिचित भए । त्यसपछि उनको व्यस्तता पनि बढ्दै गयो । तर दयाहाङ व्यस्त भए पनि उनको अभिनय रहेको फिल्मले बक्सअफिसमा पैसाको व्यस्तता बढाइदिएन ।

उनको अभिनय रहेको झुम्की, लप्पनछप्पन, मिस्टर झोले, राहदानी, इच्छा, आप्पा, सम्बोधन, नागबेली, तान्द्रो, लाल्टिन, ह्याप्पी डेज, पुरानो डुंगा, साइली, भैरे, घामपानी, नीरफूल, बीए पास, सेन्टी भाइरस, नेप्टे, हाउ फन्नी, फन्को जस्ता फिल्म बक्सअफिसमा असफल साबित भइदिए । यी फिल्ममा अभिनय गरिरहँदा दयाहाङ म्युजिक भिडियोमा पनि समय समयमा देखिन्थे । तर अहिले दयाहाङलाई म्युजिक भिडियोमा सोच्ने फुर्सद पनि छैन ।

फिल्म असफल भए पनि यिनै दयाहाङमाथि निर्मातामात्र नभएर विदेशी राइट किन्नेसम्मको प्रतिष्पर्धा भइरहेको छ । हिजोआज दिनहुँ दयाहाङमाथि करोड रुपैंयाँ खन्याएर समय नभए पनि एक वर्षसम्म निर्माताहरु कुर्न तयार छन् ।

फिल्म ‘जारी’ यता हेर्ने हो भने दयाहाङ अनुबन्धित भएका फिल्मको लावा लस्कर दर्जनौंको संख्यामा रहेका छन् । ‘जारी’ पछि उनले एक दर्जन फिल्ममा साइन गरिसकेका छन् । यो संख्या हेर्दा एक–एक महिनामा प्रत्येक फिल्मको सुटिङ गर्ने हो भने पनि एक वर्षसम्म पुग्छ ।

तर त्यो पनि दयाको समयका लागि निर्माताहरु कतै छायांकनस्थलमै गएर, कतै दयाहाङको फुर्सदको समय देखेर आफ्नो कथावस्तु सुनाउन दौडिरहेका छन् । दयाहाङले पनि सुनिरहेकै छन् । तै पनि कतिपयले त उनको समय लिन पनि पाएका छैनन् ।

अब उनले गर्न लागेको फिल्म हेर्ने हो भने ‘हात्तीछाप’को हाल छायांकन भइरहेको छ । यसपछि उनी ‘राजागन्ज’को छायांकनमा जाँदैछन् । त्यसपछि उनी ‘रंगेली ग्याङस्टार’, ‘कार्साङ’, ‘म हुँ डिग्री माइला’, ‘एन्जिला’, ‘बरिष्ठ बलराम’, ‘गाउँ आएको बाटो’, ‘घर ज्वाइँ’लगायतका फिल्ममा व्यस्त हुँदैछन् । यी त भए उनले गर्ने फिल्मको नाम । यही बीचमा कति निर्माताले दयाहाङसँग समय मिलाउन नसकेका कारण नाम बाहिर ल्याउन चाहिरहेका छैनन् ।

यिनै फिल्मलाई लिएर ओभरसिज अधिकार खरिद गर्नेहरुले दयाहाङले कुन–कुन फिल्म गर्छन् हेर्दै ‘महंगो’ रकममा खरिद गरेको भन्दै प्रचार गरिरहेका छन् ।

दयाहाङको व्यस्ततालाई हेर्दा त्यो जुन बेला ‘लुट’ पछि दयाहाङले गरिरहेका जे जति फिल्म थिए, त्यसरी नै ‘जारी’ पछि अबका दिनमा रिलिज हुने उनका फिल्म बक्सअफिसमा सधैं सफल हुन्छन् भन्ने न उनलाई अनुमान छ, न त निर्मातालाई नै । दयाकै समयको पछि परिरहँदा कतै उनले समय दिन नभ्याएपछि निर्मातालाई समय बितेको पछुतो नलाग्ने त होइन ।-मेरो फिल्म

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।