भाइरल सिम्रनलाई प्रमोदले दिए यस्तो सुझाव

काठमाडौ । सुरिलो स्वरमा गीत गाएर सामाजिक सञ्जालमा भाइरल बागलुङकी सिम्रन परियार यतिबेला काठमाडौंमा छिन् । उनी काठमाडौं आएर रेकर्ड गराएको पहिलो गीत शुक्रवार सार्वजनिक भइसकेको छ । उनले प्रमोद खरेलको स्वर रहेको ‘उसलाई पाउन २’को फिमेल भर्सनबाट गायन यात्रा सुरु गरेकी हुन् । शुक्रवार सार्वजनिक यो गीतले युट्युबमा राम्रो भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ ।

सिम्रनले शुक्रवार नै अर्को गीतमा पनि स्वर दिइसकेकी छिन् । श्रीधर अधिकारीको संगीतमा रहेको उक्त गीत शनिवार बेलुका सार्वजनिक हुँदैछ । यतिबेला सिम्रनलाई थुप्रै गीतबाट अफर आइरहेको छ ।गीतमात्र नभएर चर्चित टेलिसिरियलबाट पनि उनलाई अभिनयको अफर आएको बुझिएको छ ।

प्रमोदको सुझाव : म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ नबिगार्नु
प्रमोद खरेलको ठूलो फ्यान भएको बताउने सिम्रनले पहिलो गीत प्रमोदकै गाइन् । गीत रेकर्ड गराएको अर्कोदिन प्रमोदलाई भेट्ने अवसर समेत पाइन् ।

भेटघाटका क्रममा प्रमोदले सिम्रनले गाएको भिडियो आफूले हेरेको बताउँदै स्वरको प्रशंसा समेत गरेका थिए । प्रमोदले ‘राम्रो गर्नु, मेहनत गर्नु’ भन्दै सिम्रनलाई शुभकामना समेत दिए । सिम्रनलाई प्रमोदले म्युजिक क्लास ज्वाइन गर्न समेत सुझाए । ‘पढाइ अन्यन्त आवश्यक हुन्छ, पढाइलाई चाहिँ बिगार्दै नबिगार्नु होला’ प्रमोदको सुझाव थियो ‘ पढाइ र संगीत दुवैलाई संगसंगै अगाडि बढाउनुहोला भन्छु ।’

सिम्रनले प्रमोदकै अगाडि केही गीत गाएर समेत सुनाएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।