पाँच महिनाको गर्भ तुहिँदा यी नायिकाको टुट्यो पुनः आमा बन्ने सपना

एजेन्सी । पछिल्ला केही वर्षमा थुप्रै अभिनेत्रीले आफ्नो गर्भावस्थासँग सम्बन्धित अनुभव साझा गरेका छन् । कोहीले आफ्नो सुखद अनुभव बाँडे भने कतिले दुःखद । यस्तै एक खुलासा रानी मुखर्जीले पनि गरेकी छिन् । नायिकाले आफू दोस्रो पटक आमा बन्न लाग्दा पाँच महिनाको गर्भ तुहिएको जानकारी दिएकी छिन् । रानीले इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न २०२३ मा यसबारे बताएकी हुन् ।

रानी मुखर्जी आफ्नो निजी जीवनबारे कमै बोल्छिन् । तर हालै उनले आफ्नो निजी जीवनसँग सम्बन्धित एक दुःखद पल साझा गर्दै गर्भ तुहिँदा भोगेको पीडाबारे बोलेकी छिन् ।

यसबारे थप जानकारी दिँदै उनले भनेकी छिन्, ‘मैले सन् २०२० मा कोरोनाका बेला आफ्नो पाँच महिनाको गर्भ गुमाएँ । यो दर्दनाक समयलाई झेल्नु र यसबाट निस्कनु मेरा लागि निकै मुस्किल थियो ।’

इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न २०२३ मा यसबारे कुरा गर्दै रानीले भनिन्, ‘कोरोना कालमा म आमा बन्ने तयारीमा थिएँ । म पाँच महिनाको गर्भवती थिएँ तर मेरो गर्भ तुहियो । मैले यसबारे यसअघि कहिल्यै कुरा गरेकी थिइनँ ।’

उनले थपिन्, ‘मिसेज चटर्जी भर्सेस नर्वेको प्रमोसनका बेला यो कुरा निकालिनँ किनभने मैले यो पीडा त्यतिबेला भनेको भए मानिसहरूले मैले यो कुरा फिल्मको प्रमोसनका लागि भनिरहेको भनेर सोच्थे ।’

उनी भन्छिन्, ‘मैले आफ्नो निजी जीवनबारे बोलेको यो पहिलो पटक हो । मानिसहरूले मेरो निजी जीवनलाई फिल्मसँग जोडेर हेरेको म सहन सक्दिनथेँ त्यसैले फिल्मको प्रमोसनमा यो कुरा निकाल्न मन नै लागेन ।’

‘कोरोनाको समयमा अर्थात् सन् २०२० मा गर्भवती थिएँ । हामी दोस्रो पटक आमाबुवा बन्न लागेको थियौँ । तर दुर्भाग्यले मैले आफ्नो पाँच महिनाको बच्चा गुमाएँ ।’

स्मरण रहोस्, रानी मुखर्जीको मिसेज चटर्जी भर्सेस नर्वे २३ मार्चमा रिलिज भएको छ । यो एक भारतीय परिवारको वास्तविक घटनामा आधारित फिल्म हो । यसमा रानी मुखर्जीले एउटी आमाको भूमिका निभाएकी छिन् । फिल्ममा उनका दुई सन्तान खोस्ने कोसिस गरिन्छ र यसका लागि उनको लडाइँ फिल्ममा देखाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖