कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

मुम्बइ । कुनै पनि पेशामा संलग्न व्यक्तिहरु सधै सफल भइरहदैनन्। कुनैबेला धेरै सफल भएकाहरु कुनैपनि बेला असफल हुन सक्छन्। केही समय पछि उनीहरु फेरी सफलताको सिढि चढन सक्छन्। त्यस्ता व्यक्तिले विभिन्न समस्या झेल्नुपर्ने हुन्छ। ती समस्या मध्ये धेरैले आर्थिक समस्याहरुको सामना गरिरहेका हुन्छन्। यो समस्याबाट मनोरञ्जनको क्षेत्रमा सक्रिय सिनेकर्मीहरु अछुतो छैनन्।

उनीहरुले पनि पटक–पटक यस्ता समस्या झेलिरहेकै छन्। अझ बलिउडमा सक्रिय र नाम चलेका सुपरस्टारहरु समेत विभिन्न कालखण्डमा आर्थिक समस्याबाट झेल्दै आएका छन्। बाहिर जतिसुकै नाम चलेपनि भित्रि रुपमा उनीहरु विभिन्न समस्याहरुको सामना गरिरहेका हुन्छन्।

यसरी आर्थिक समस्याका विभिन्न कडिहरुको सामना गर्नेहरुको सूचिमा बलिउड सुपरस्टार अभिताभ बच्चन छन्। अमिताभ बच्चन पनि जीवनको त्यो चरणबाट गुज्रिए। र, उनी पनि कुनैबेला आर्थिक समस्यासँग जुधिरहेका थिए।

अपार धन र प्रसिद्धि कमाएपछि अमिताभ बच्चनले कठिनाइको सामना गर्नु परेको थियो, जसका कारण कुनै समय उनको सबै थोक धितो राखिएको थियो।

सन् १९९९ मा बिग बी (अभिताभ बच्चन) ले आफ्नो एक अन्तर्वार्तामा भनेका थिए, ‘संसारले नयाँ वर्ष २००० को आगमनको उत्सव मनाइरहेको छ र म आफ्नो विनाशको उत्सव मनाउँदैछु।’

वरिष्ठ पत्रकार तथा फिल्म समीक्षक रामचन्द श्रीनिवासन भन्छन्, ‘अमिताभसँग न त फिल्म थियो, न पैसा, उनको एबीसीएल कम्पनी पनि डुब्यो। यो कम्पनीका लागि उनले बजारबाट धेरै पैसा उठाए र त्यो सबै पैसा डुब्यो। जसका कारण उनको अवस्था बिग्रियो।’

त्यस अवधिमा दिएको अन्तर्वार्तामा अमिताभले आफू कसरी समस्यामा परे र घर–घर गएर काम खोजेको भन्ने उल्लेख गरेका थिए।

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।

सबैले अवरोध गरेपनि उनी आफ्नो निर्णयमा अडिग रहे र सानो पर्दाबाट आफ्नो करियर सुरु गरे। ‘कौन बनेगा करोड पति’को सफलता सँगै उनको जीवन बिस्तारै ट्रयाकमा फर्कियो।

(बिबिसी हिन्दीबाट)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।