विराटनगरमा युवकमाथि तरबार प्रहार

विराटनगर । विराटनगरमा तरबार प्रहारबाट एक युवा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम घाइते भएका छन् ।

स्थानीय सन्सारीमाई स्थानमा दिउँसो हलिममाथि तरबार प्रहार हुंदा उनको दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।

विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने तीनजना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए । घटनामा संलग्नहरुको खोजी भइरहेको नायकले बताए ।‌

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।